नेचासल्यानमा २१ लाखको राहत कोष,दीर्घ रोगीलाइ नि:शुल्क औषधिको ब्यबस्था
डिल्ली शर्मा ,
सोलुखुम्बु २० चैत्र । कोभिट १९ कोरोना रोगको संक्रमणको कारण बिश्वका सबै जसो राष्ट्रहरु आक्रान्त भइरहेका छन। यसको संक्रमणबाट बच्न बिभिन्न देशले लकडाउनको घेरामा राखेर जनताको शुरक्षामा बिभिन्न किसिमका रणनीतिका साथ लागि परिरहेका छन् । यसै सन्दर्भमा नेचा सल्यान गाँउपालिका बिपद ब्यबस्थापन समितिको बैठकले नेचा सल्यान गाउपालिका भित्रका दम, मुटुरोग ,खोकि,उच्च रतmचाप, टीबी.क्यान्सर जस्ता नियमित औंषधी सेबन गरिरहेका दीर्घ रोगिहरुलाई १ महिनाको लागि निःशुल्क औंषधि प्रदान गर्ने निर्णय गरेको छ ।
बिपद् ब्यबस्थापन समिति नेचा सल्यानका संयोजक डुफकुमार बास्तोलाको संयोजकत्वमा बसेको बैठकमा नेचा सल्यान गाउपालिकाका उपाध्यक्ष कुमारी देबी शर्मा, पाँचवटै वार्डका वडाध्यक्षहरु, नेचासल्यान प्रमुख प्रसासकिय अधिकृत शालिकराम बस्याल, सल्यान गाउपालिका स्वास्थ्य संयोजक युबराज शर्मा, नेपाल रेडक्रस सोसाइटी बेतघारीका अध्यक्ष छबिलाल बास्तोला, बतासे शाखाका अध्यक्ष पुर्णधन राई, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेचासल्यान अध्यक्ष जगनाथ बास्तोला, नेपाली कांग्रेस नेचा सल्यानका सभापति निरकुमार शर्मा, उधोग बाणिज्य संघ नेचा सल्यानका अध्यक्ष हेम भट्टराई, ईलाका प्रहरी कार्यालय नेचाका प्रहरी निरीक्षक शुरेन्द्र यादब नेपाल पत्रकार महासंघ सोलुखुम्बुका सदस्य डिल्ली शर्मा लगायतको उपस्थिति रहेको थियो ।
बैठकले बजारमा कृत्रीम अभाब सृजना गरि कालोबजारी हुन सक्ने कुरालाइ मध्यनजर गरि सामान ढुवानीमा एकद्वार प्रक्रिया अपनाउने , नेचा सल्यान गाउ पालिकामा हुने धार्मिक साँस्कृतिक लगायत मनोरन्जन खेलकुद लगायतका कुनै कार्यक्रममा रोक लगाउनुका साथै लक डाउन उलंघन गर्ने र सार्बजनिक स्थानमा भेलाहुनेहरु लाइ सचेत गराई नाम सार्बजनिक गर्ने समेत निर्णय गरेको छ ।
यसैगरि नेचा सल्यान भित्रका अति बिपन्नहरुलाइ राहत उपलब्ध गराउन वडास्तरिय तथा गाउपालिका स्तरियराहत प्याकेज सिफारिस समिति समेत गठन गरेको छ ।
गाउपालिका स्तरिय समितिमा गाउपालिका अध्यक्षको संयोजकत्वमा गाउपालिका बिपद ब्यबस्थापन समितिका पदाधिकारीहरु सदस्य रहने र वडा स्तरिय राहत प्याकेज सिफारिस समितिमा वडाध्यक्षको संयोजकत्वमा परिषद सदस्यहरु नेपाल रेडक्रस सोसाइटि सदस्य नेपाल प्रहरि सदस्य र राष्ट्रिय मान्यता प्राप्त राजनितिक दलका प्रमुख वा प्रतिनिधि सदस्य रहने छन् । त्यसैगरि त्यसै गरि नेचा सल्यान गाउपालिकाका निर्बाचित जनप्रतिनिधिहरुको एक महिनाको सेवा सुबिधा राहतकोषमा जम्मा गर्ने समेत निर्णय गरेको छ ।आजै सम्पन्न कार्यपालिकाको बैठकले २१ लाखको राहतकोषको स्थापना गरेको छ ।