स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी



काठमाडौं १९ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। कोरोना भाइरसको संक्रमण रोक्नका लागि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै मन्त्री ढकाल विरुद्ध अख्तियारमा उजुरी दर्ता भएको हो ।
विवेकशील नेपाली दलका नेता तथा बागती प्रदेशसभा सदस्य रमेश पौडेलले मन्त्री ढकालविरुद्ध बुधबार अख्तियारमा उजुरी हालेका हुन्। सांसद पौडेलले बजारभाउभन्दा चार गुणासम्म महँगो मूल्यमा चीनबाट मेडिकल सामग्री किनेको भन्दै आवश्यक छानबिनका लागि अख्तियारमा उजुरी दर्ता गराएका हुन्।
स्वास्थ्य मन्त्रालयले विश्‍व स्वास्थ्य संगठनले सिफारिस नगरेका र गुणस्तरहीन उपकरण किनेको भन्दै चर्को आलोचना भइरहेका बेला अख्तियारमा उजुरी परेको हो।
चर्को मूल्यमा चीनबाट ल्याइएका र्‍यापिड टेस्टिङ किट प्रयोग नगर्ने निर्णय स्वास्थ्य मन्त्रालयले नै गरिसकेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री मन्त्रीका स्वास्थ्य सल्लहाकार डा। खेम कार्कीले यस्ता र्‍यापिङ टेस्ट किट तत्काल प्रयोग नगर्न दिर्देश दिए। गुणस्तरहीन भएपछि सरकारले महँगो मूल्यमा चीनबाट ल्याएका ५७ हजार थान र्‍यापिङ टेस्टिङ किट प्रयोग नै नगरी राखिएको छ।
विश्‍व स्वास्थ्य संगठनले कोरोना रोकथामको सबैभन्दा गतिलो उपाय बढी भन्दा बढी परीक्षण भनेको छ। तर नेपालमा ल्याइएका कोरोना परीक्षण किट नै काम नलाग्ने भेटिएका हुन्। चीनबाट ल्याइएका यी टेस्ट किटलाई विश्‍व स्वास्थ्य संगठन (डब्लुएचओ) मान्यता दिएको छैन।

प्रतिक्रिया दिनुहोस्