भारतकी प्रख्यात गायिका लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग



काठमाडौ १८ चैत्र । भारतकी प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोना भाइरसबिरुद्ध लडाईमा देशलाई समर्थन गर्न मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरुका नाम यसअघि नै नामसूचीमा दर्ता भइसकेको छ । सोमबार गायक अदनान सामीले रकम खुलासा नगरी मुख्यमन्त्री राहत कोषमा आफ्नो समर्थन र योगदान र्पुयाउने घोषणा गरेका हुन् ।

यसैगरी बलिउड क्षेत्रका अक्षय कुमार, कपिल शर्मा, शिल्पा शेट्टी, राजकुमार राव, वरुण धवन, विक्की कौशल, आलिया भट्ट र सारा अली खानले कोभिड –१९ विरुद्धको लडाईलाई समर्थन गर्न सहयोग र्पुयाउने घोषणा गरिसकेका छन् ।

भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस फैलिन नदिन २१ दिनको ‘लकडाउन’ को घोषणा गरेका थिए । भारतमा यस सङ्क्रमणबाट ३२ जनाको ज्यान जानुको साथै १ हजार २ सय ५१ सङ्क्रमित भइसकेका छन् । –रासस रएएनआइ

प्रतिक्रिया दिनुहोस्