विदेशबाट फर्किनेको जानकारी दिनेलाई पुरस्कार
सोलुखुम्बु १८ चैत्र । कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम कम गर्न सोलुखुम्बुमा नयाँ विधि अपनाएको छ। गाउँपालिकाहरुले विदेशबाट आउनेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका छन्।
थुलुङ-दूधकोशी गाउँपालिका लेटोलटोलमा माइकिङ गरिरहेको छ। गाउँपालिकाले वैदेशिक रोजगारीबाट आएकाको बारे जानकारी दिने व्यक्तिलाई ५ हजार नगद पुरस्कार दिने घोषणा गरेको छ। अतिविपन्न परिवारलाई खाद्यान्न राहत प्रदान गर्ने निर्णय गरेको छ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उद्धव ढुंगानाका अनुसार तीन थान पिपिई, ३ थान गन फर फिवर र केही औषधि रहेका छन्। यहाँ हालसम्म ३४१ शय्याको क्यारेन्टाइन र ४८ शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको छ। सबै स्थानीय तहले आफ्नो गाउँपालिकामा क्यारेन्टाइन र आइसोलेसन कक्ष तयार गरेका छन्।
