कोरोना नियन्त्रण तथा उपचार कोषमा पूर्बराजाद्वारा दुई करोड सहयोग



काठमाडौ , १८ चैत। पुर्बराजा ज्ञानेन्द्र वीर बिक्रम शाहले सरकारले स्थापना गरेको कोरोना भाइरस ( covid-19) संक्रमण , रोकथाम ,नियन्त्रण र उपचार कोषका लागि २ करोड रुपैयाँ सहयोग गर्नु भएको छ।

बिशुद्द समाजसेवाका लागि बुहारी हिमानी शाहको अध्यक्षतामा स्थापित हिमानी ट्रष्टमार्फत पुर्बराजा शाहले सो कोषलाई सहयोग हस्तान्तरण गर्नु भएको जनाइएको छ।बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देश र जनतामा भय र सन्त्रास पैदा भएको भन्दै पुर्बराजाद्वारा जारी बिज्ञप्तिमा लकडाउन बाध्यात्मक र अनिबार्य भएको र यसमा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको उल्लेख गर्नु भएको छ।

महामारीको यश दु:खद क्षणमा ज्यानको प्रवाह नगरी खट्ने चिकित्सक ,नर्स,अन्य स्वास्थ्यकर्मी साथै सेना र प्रहरी लगायत सबै सुरक्षाकर्मीहरुप्रती पनि पुर्बराजाले आभार प्रकट गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्