थुलुङ दुधकोसीमा मदिराजन्य पदार्थ बिक्री-बितरणमा रोक
सोलुखुम्बु , १७ चैत्र/ जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकाले मदिराजन्य बस्तुको उत्पादन तथा बिक्री-बितरणमा रोक लगाउने निर्णय गरेको छ।सोमबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले सरकारले लकडाउन घोषणा गरेको समयावधिभर मदिराजन्य पदार्थको उत्पादन र बिक्री -बितरणमा रोक लगाउने निर्णय गरेको अध्यक्ष अशिम राइले जानकारी दिए।अध्यक्ष राइका अनुसार बैठकले यस अवधिमा करेसावारि निर्माणका लागि सम्पुर्ण गाउँबासीहरुलाइ प्रोत्साहित गर्ने निर्णय समेत गरेको छ। गाउँपालिकाको आग्रह अनुसार करेसाबारी निर्माण गर्ने परिवारलाई मातहतका कार्यालयबाट हुने सेवा प्रबाहमा पहिलो प्राथमिकता दिने निर्णय बैठकले गरेको पनि उनले बताए।
