निजी विद्यालयले एक महिनाको शुल्क फिर्ता गर्नुपर्ने



काठमाडौं १७ चैत्र । निजी विद्यालयहरुले चैत महिनाको शुल्क लिन नपाउने भएका छन्। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
सरकारको यो निर्णयसँगै निजी विद्यालयहरुले अभिभावकलाई यसअघि नै लिइसकेको एक महिनाको शुल्क फिर्ता गर्नुपर्ने भएको छ। निजी विद्यालयहरुले यो शैक्षिक सत्रको सबै शुल्क लिइसकेर वार्षिक परीक्षा पनि सकेको अवस्थामा सरकारको निर्णय आएको हो।

प्रतिक्रिया दिनुहोस्