घर-घरमा साबुन बांड्दै उद्योग बाणिज्य संघ नेचासल्यान



 शोभित कुमार ढुंगेल,

सोलुखुम्बु १६ चैत्र । उद्योग बाणिज्य संघ नेचासल्यानले गाउँपालिका भित्र रहेका सबै घरधुरीलाई १ १ ड्ल्ला साबुन बितरण सुरु गरेको छ। बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९अयखष्म(ज्ञढ० बाट बच्नका लागि साबुनपानीले हात धुनुपर्ने सन्देश प्रबाहित गर्नका लागि झन्डै १ लाख ५०हजार बराबरको साबुन बितरण गर्न लागिएको संघका अध्यक्ष हेम कुमार भट्टराईले जानकारी दिए।


अध्यक्ष भट्टराई नेतृत्वको टोलीले आइतबार गाउँपालिकाका सबै वडाहरुमा पुगि सम्बन्धित वडाध्यक्षहरुलाइ साबुन बितरण गरिएको महासचिव राम प्रसाद बांस्तोलाले रहस्य खबरलाई बताए।बांस्तोलाका अनुसार गाउँपालिकाको वडा नं १ लाई ६४५,वडा नं २ लाई ४३५,वडा नं ३लाई ७९२,वडा नं ४ लाई ५०४ र वडा नं ५ लाई ४३२ गरि जम्मा २८०८ डल्ला साबुन सम्बन्धित वडाध्यक्षहरुलाइ हस्तान्तरण गरिएको छ। साविकका वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेवीकाले ती साबुन घरघरमा बितरण गर्ने जानकारी पनि बास्तोलाले दिए।

प्रतिक्रिया दिनुहोस्