फेरी भेटियो एक जना युवतीमा कोरोनाको संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुग्यो



काठमाडौं १५ चैत्र । नेपालमा पाँचौ ब्यक्तिमा कोरोनाको संक्रमण भेटिएको छ । चैत ४ गते बेल्जियमबाट कतार हुँदै कतार एयरलाइन्सको क्यूआर ६५२मा काठमाडौँ आएकी  युवतीको स्वास्थ्य जाँचका क्रममा कोरोनाको पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकोे छ ।

बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी बागलुङ निवासी ती २२ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको हो। पाँचौं संक्रमित युवतीको अहिले बाग्लुङ अस्पतालमै उपचार भइरहेको छ। बाग्लुङ अस्पतालबाटै थ्रोट स्वाब झिकेर जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

नेपालमा पहिलो संक्रमित भेटिएको ६१ दिनपछि दोस्रो संक्रमित व्यक्ति भेटिएको थियो। तर त्यसपछि भने दुईरदुई दिनको अन्तरालमा नयाँ संक्रमित भेटिएकोमा आज भने एक दिनको अन्तरालमै नयाँ संक्रमित भेटिएको छ।

प्रतिक्रिया दिनुहोस्