कोरोनाका आंशकितको स्याम्पल लिन काठमाडौंबाट गएको विमान नेपालगञ्जमा दुर्घटना
बाँके १५ चैत्र । काठमाडौबाट नेपालगञ्ज गएको नेपाल एयर लायन्सको वाई १२ ट्विन अट्टर जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेको छ। क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिनका लागि नेपालगञ्ज गएको उक्त विमान दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए।
विमान नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको धावनमार्गबाट विमान चिप्लिएको ठाकुरले बताए । विमान चिप्लिएपनि पनि चालकदलका तीनजना सदस्य र यात्रुका रुपमा पुगेका दुईजना चिकित्सक सुरक्षित रहेको नेपालगञ्ज विमानस्थल कार्यालयले जानकारी दिएको छ।

दुर्घटनाको विस्तृत विवरण आउन केही बेर लाग्ने उनले जानकारी दिए। ‘नेपाल एयरलायन्सको विमान दुर्घटना भएको छ, थप विवरण पछि उपलब्ध गराउँला,’ अहिले उद्धारमा खटिएको बताउँदै ठाकुरले भने, ‘जहाजमा सवार सबैजना सकुशल छन्।’