एकातिर कोरोनाको त्रास,अर्कोतिर हात्ती आतंक : मारमा दुधौलीबासी



युवराज बास्तोला,
सिन्धुली १३ चैत्र । सिन्धुलीको दुधौली नगरपालिका २ गिचिह्यानिमा हात्तीको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छ्न । चुरे क्षेत्रमा पानीको मुहान सुक्दै गएकाले जंगली हात्ती एतिबेला कमला खोलामा पानी खान जाने र गाउँ पसेर आक्रमण गर्ने क्रम बढन थालेको छ ।
बुधबार राती देखि ५ देखि सातको संख्यामा जंगली हात्ती एकाएक गाउँ पस्ने क्रम बढेसंगै सिन्धुलीको दुधौली वडा नम्बर १ गिजिह्यानीका एकै परिवारका दुई जनामा आक्रमण गरि गम्भीर गाइते बनाएको छ । गम्भीर घाइते हुनेमा सोही स्थानका देबु धामी र उनकी श्रीमती रहेको नगर प्रमुख घनश्याम राउतले बताए ।

घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि दुई वटा एम्बुलेन्सबाट काठमाडौको ट्रमा सेन्टरमा पठाइएको छ ।
निज देबु धामी यस भन्दा अघि दुधौलीमै ट्याक्टर दुर्घटनामा परि गम्भीर घाइते भएका र उनको कठमाण्डौको ट्रमा सेन्टरमा लामो समय उपचार गरि खुट्टामा स्टिल राखिएको थियो । उपचार सकि घरमा बसिरहेको अबस्थामा सोही परिबारमा अर्को दुखद जंगली हात्तिको आक्रमणमा परि फेरि घाइते हुन पुगेका छन ।
गरिब परिवारका धामी परिवारको घर पनि सानो छाप्रो र जङ्गलको छेउमा एकान्तमा रहेकाले पनि पटक पटक यस्ता दुखद घटना बेहर्नु परेको स्थानीय बताउछ्न । अहिले ती जंगली हात्तीको समूह दुधौलीको ५ नम्बर वडा भताही तिर रहेको र यस्तो बेलामा हात्तीलाइ कसैले नजिस्काउन र नगरपालिका लक डाउन भएको बेलामा कोहि घर बाहिर ननिस्कन नगर प्रमुखले सबैलाई जानकारी समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस्