प्रदेश राहत कोषलाई नेकपा सांसदहरुको सहयोग



काठमाडौ , १२ चैत्र । कोरोना नियन्त्रण प्रयासका लागि सरकारले स्थापना गरेको बिशेष कोषमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) प्रदेश सांसदहरुले आफ्नो आधा महिना बराबरको तलब भत्ता उपलब्ध गराउने भएका छन।

नेकपाको प्रदेश नं १ को संसदीय दलले कोरोना विरुद्धको सरकारी कोषमा आधा महिनाको सेवा सुबिधा बापत प्राप्त हुने रकम जम्मा गर्ने निर्णय गरेको प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले जानकारी दिनुभयो ।

कोरोना भाइरसको महामारी नियन्त्रण प्रयास र राहतका लागि भन्दै प्रदेश नं १ सरकारले १० करोडको राहत कोष स्थापना गरेको थियो। सो राहत कोषमा मुख्यमन्त्री शेरधन राइसहित सरकारका अन्य मन्त्रीहरुले आफ्नो एक महिना बराबरको सेवा सुबिधाबापत प्राप्त हुने रकम जम्मा गर्ने निर्णय यस अघि नै भैसकेको जानकारी समेत प्रमुख सचेतक राजभण्डारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्