कोरोना : श्रमिकहरुलाई दैनिक एक हजार रुपैँया राहत उपलब्ध गराउँन माओवादी केन्द्रको माग
काठमाडौ १० चैत्र । गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितीमा दैनिक ज्यालादारीमा निर्भर सुकुम्बासी लगायत श्रमिकहरुको प्रत्येक परिवारलाई दैनिक न्युनतम एक हजार रुपैया कोरोना भाइरस प्रकोप व्यवस्थापन राहत उपलब्ध गराउन माग गरेको छ । हो हल्ला र प्रचारमा भन्दा वास्तविक काममा केन्द्रित हुन संघीय सरकारलाई चेतवनी सहितको सुझाव दिदै सो पार्टीले तिनै तहको सरकार समक्ष श्रमिकलाई राहत उपलब्ध गराउन माग गरेको हो ।
धैर्यता र सचेततापूर्वक आ आफनो घर डेरामा बसी भाइरस संक्रमण विरुद्ध जुध्न पार्टी सदस्य र नागरिकहरुलाई विशेष आग्रह गर्दै पार्टी अध्यक्ष किराँतीले पार्टी महासचिव कर्णजीत बुढाथोकीको संयोजकत्वमा (कोरोना रोग प्रतिरोध व्यवस्थापन समिति) गठन गरिएको जनाएका छन । साथै माओवादी केन्द्रले कोरोना भाइरसको प्रक्रोपका कारण आगामाी २४ गते हुने भनिएको पार्टीको राष्ट्रिय कार्यकर्ता भेला अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।
साथै प्रदेश पार्टी मार्पmत वाइसियलका कार्यकर्ताहरुलाई सम्भव स्थानमा ‘जनसेवक टोली’ निर्माण गरी जनस्वास्थ्य व्यवस्थापन कार्यमा अघि बढन निर्देशन समेत दिएको छ ।