आजदेखि कुनै पनि सवारी साधन एक शहरदेखि अर्को शहर जान नपाउने



काठमाडौं १० चैत्र । आज सोमबारदेखि कुनै पनि सवारी साधन एक शहरबाट अर्को शहर जान नपाउने भएका छन । सरकारले कोरोना संक्रमणलाई मध्येनजर गर्दै सवारी आवाजजावतमा रोक लगाएको हो । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले एम्बुलेस र प्रेस वाहेकका सवारीलाई एक शहरबाट अर्को शहरमा जान रोक लगाइएको जनाकारी दिए ।

 

उनका अनुसार सोमबार उपत्यकाबाट एम्बुलेस र प्रेस बाहेकका सवारी बाहिर जान पाउने छैन । जसमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सबै सवारीलाई रोक लगाएको छ । उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन सबै नागरिकलाई घर बाहिर ननिस्कन आग्रह पनि गरे । यस्तै उनले काठमाडौं भित्र पनि सवारी साधन नचलाउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्