२५ जनाभन्दा बढी मलामी जान नपाइने



काठमाडौँ । २५ जनाभन्दा बढीको जमघटमा सरकारले प्रतिबन्ध लगाएको दुईदिनपछि पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटमा २५ जनाभन्दा बढी मलामी जान नपाइने घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण (कोभिड–१९)को त्रास बढ्दै गएपछि विकास कोषले पनि २५ जनाभन्दा बढी मलामी नआउन आग्रह गरेको हो । सरकारको उल्लेखित निर्णय अनुसार नै सो आग्रह गरिएको कोषले जनाएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलको संयोजकत्वमा गठित ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति’को बुधबारको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन नहुने निर्णय गरेको थियो । यस्तै कोषले हरेक दिन साँझ पशुपतिमा हुने आरति पनि शनिबारदेखि बन्द हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्