विपी संस्कृत माविमा १ लाख ७ हजारको अक्षयकोष स्थापना



शोभितकुमार ढुङ्गेल |

नेचासल्यान । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ मा अवस्थित वि.पी. सस्कृत माध्यामिक बिधालयलाई १ लाख ७ हजारको अक्षयकोष प्राप्त भएको छ । प्रेमपर्व स्मृति अक्षयकोष २०७६ को नाममा विद्यालयलाई रकम प्राप्त भएको हो । सोलुखुम्बुका २ र मोरङका १ जना गरी ३ जनाबाट सो अक्षयकोष प्राप्त भएको हो । प्राप्त रकम आज विद्यालयको खातामा जम्मा गरिएको छ । विद्यालयको शैक्षिक उन्नती र प्रगतिका उदेश्यले नेचासल्यान गाउँपालिका ३ की ओमकुमारी भट्टराई, सोही गाउँपालिका वडा नम्बर २ सल्यानका अविनारायण बास्तोला र रतुवामाई नगरपालिका मोरङकी माधवी कट्टेलले संयुक्त रुपमा अक्षयकोष स्थापनाका लागि रकम प्रदान गर्नुभएको हो । जसमा भट्टराईबाट ५१ हजार, बास्तोलाले ५ हजार र कटेलबाट ५१ हजार रहेको छ ।
प्राप्त रकमलाई राष्ट्रिय वाणिज्य बैंकमा रहेको विद्यालयको मुद्दती खातामा जम्मा गरिएको छ । विद्यालयका प्रधानाध्यापक गुणराज निरौला र कोषका संरक्षक बालकुमार भट्टराईको संयुक्त हस्ताक्षरमा रकम जम्मा गरिएको हो । रकम प्राप्त भएपछि विद्यालयका प्रधानाध्यापक निरौलाले खुशी व्यक्त गर्दै यो अक्षयकोष विद्यालयका अन्य कोषभन्दा ठूलो रहेको जानकारी दिनुभयो । यस अक्षयकोषले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न टेवा पु¥याउने कोषका संरक्षक भट्टराईले विश्वास ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्