माछापुच्छ्रेको कामु सिइओमा कोइराला



काठमाडौं । माछापुच्छ्रे बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा नायव प्रमुख कार्यकारी सन्तोष कोइरालाले पाएका छन् । २३ महिनाअघि प्रमुख कार्यकारी नियुक्त भएका सुमन शर्मा फागुन मसान्तबाट औपचारिक रूपमा बाहिरिने भएपछि कोइरालालाई कामु दिइएको बैंकले जनाएको छ ।
कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा पाएका कोइराला दुई वर्षदेखि नायव प्रमुख कार्यकारी थिए । बैंक अफ काठमाण्डूबाट करियर सुरु गरेका कोइराला त्यहाँबाट सानिमा बैंक गएका थिए । सानिमामा १० वर्ष काम गरेपछि उनी माछापुच्छ्रे गएका थिए। उनी २१ वर्षदेखि बैंकिङमा छन् ।
त्रिभूवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेदरल्यान्डको कलेजबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्