दुर्घटना नियोजित भएको नेकपा मालेको आशंका



काठमाडौं । पार्टी महासचिव सीपी मैनाली कार दुर्घटना नियोजित भएको आशंका गर्दै आएको नेकपा (माले)ले दुर्घटनाको गम्भीर अनुसन्धान गर्न माग गरेको छ । मंगलबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलसँग छुट्टाछुट्टै भेट गरी नेकपा मालेको एक प्रतिनिधिमण्डलले केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)द्वारा छानविन गरी दोषीउपर कडा कारवाही गर्न माग गरेको हो । भेटका क्रममा मन्त्रीद्वयले घटनाको छानबिन गराई चाँडै सत्यतथ्य पत्ता लगाउने प्रतिवद्धता व्यक्त गरेको नेकपा माले सचिवालयले बताएको छ । यही फागुन १५ गते झापाबाट काठमाडौं फर्किँदै गर्दा मैनाली चढेको कार महोत्तरीको बर्दिबासमा दुर्घटना भएको थियो ।दुर्घटनामा मैनालीसहित उनका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा, ५ वर्षीय नाति ऐन र कार चालक रामप्रसाद पौडेल घाइत भएका थिए ।
साथै, दुर्घटना पश्चात महासचिव मैनालीलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइ सहयोग गरेकोमा मालेले सरकारलाई धन्यवादसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्