रावासावा प्राज्ञिक समाजमा गीतकार चाम्लिङ



काठमाडौं । रावासावा प्राज्ञिक समाजको दसौँ वार्षिक साधरणसभाले चर्चित तथा लोकप्रिय गीतकार टिका चाम्लिङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले समितिको उपाध्यक्षमा बम बानियाँ, सुरेश हाँचेकाली, चन्द्र रानाहँछालाई सर्वसम्मतले चयन गरेको समाजले जनाएको छ । त्यसैगरी महासचिवमा डा. यादेवी ढकाल, सचिवमा भरत मगर, कोषाध्यक्ष आनन्द भट्टराई र सदस्यहरूमा श्रीराम राई, अगम राई, अम्बिका राई, महेश पुरी, रश्मि राई र देवान राई बताइएको छ ।
कार्यक्रममा खोटाङ जिल्लाका विभिन्न विधाका ६ जनालाई सम्मान र ३ जनालाई पुरस्कार प्रदान गरिएको थियो । सम्मानित हुनेहरूमा रावासावा साहित्य सम्मानबाट साहित्यकार रक्षा राई, रावासावा शिक्षा सम्मानबाट गणेश अधिकारी, शुुभशेर राई र भोलाहरि धिताल, रावासावा समाजसेवा सम्मान विष्णु आभूषण र रावासावा नारी जागरण सम्मानबाट कुमारीकृष्ण राईलाई सम्मानित गरिएको थियो । त्यसैगरी सोही कार्यक्रममा रावासावा कमला भक्त साहित्य प्रतिभा पुरस्कार २०७६बाट साहित्यकार तथा अन्वेषक नगेन्द्रराज रेग्मी, रावासावा कमला भक्त सङ्गीत प्रतिभा पुरस्कारबाट शिवसंगम राई र रावासावा बोलराजसुशीला कला पुरस्कार २०७६ बाट ज्ञानेन्द्र विवशलाई पुरस्कृत गरिएको थियो । कमला भक्त साहित्य र सङ्गीत प्रतिभा पुरस्कार जनही बीस हजार र प्रमाण पत्र रहेका छन् भने बोलराजसुशीला कला पुरस्कार दश हजार र प्रमाण पत्र रहेको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य भट्टराई, साहित्यकार जसराज किराँती, डा. विष्णु राई टंका भट्टराई लगायतले सफलताको शुभकामना दिनु भएको थियो ।
समाजका अध्यक्ष डा. धनप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन चन्द्र रानाहँछाले गर्नुभएको थियो भने स्वागत मन्तव्य टिका चाम्लिङले राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्