सनीले जिते ‘इन्डियन आइडल’को उपाधि



इन्डियन आइडल सिजन ११ को उपाधि सनी हिन्दुस्तानीले जितेका छन् । यो सिजनको सुरुवात अक्टुबर महिनाबाट सुरु भएको थियो । करिब ५ महिना चलेको यो शोको फाइनलमा ५ जना प्रतिस्पर्धी पुगेका थिए । तर, भोटिङको आधारमा सनीले चर्चित रियालिटी शोको उपाधि आफ्नो नाममा पारेका हुन् ।

यो शो जितेसँगै सनीले २५ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । साथै, टी–सिरिजको नयाँ चलचित्रमा पनि सनीको आवाज समावेश हुनेछ । यस्तै, उनले नयाँ कार पनि पुरस्कार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्