भेरी–बबई डाइभर्सन आयोजना कम्पनी ढाँचामा लगानी मोडालिटीको टुङ्गो लाग्यो
काठमाडौं, १२ साउन । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लगानी ‘मोडालिटी’ टुङ्गो लागेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत कम्पनी ढाँचामा लगानी मोडालिटीको टुङ्गो लगाएको हो ।