सोलुखुम्बु जिल्ला युबा समितिको अध्यक्षमा भक्त राई नियुक्त



काठमाडौं,१२ फाल्गुन ।युबा तथा खेलकूद मन्त्रालयले ७१ जिल्लामा जिल्ला युबा समिति गठन गरेको छ।

युवा तथा खेलकुद मन्त्री दावा लामाको अध्यक्षतामा हालै सम्पन्न युबा परिषदको बोर्ड बैठकले जिल्ला युबा समिति गठन गर्ने निर्णय गरेको हो।बैठकले जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष मनोनयन गर्ने निर्णय पनि गरेको छ।

बोर्ड बैठकले गरेको निर्णय अनुसार जिल्ला युबा समिति सोलुखुम्बुको अध्यक्षमा भक्त राइ मनोनयन भएका छन। जिल्लाको महाकुलुङ निबासी राई पूर्ब पत्रकार भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्