जुबुस्थित सुकेपोखरीको स्थलगत अनुगमन सम्पन्न



होमनाथ खत्री
सोलुखुम्बु, ७ फागुन । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ५ जुबुमा रहेको सुकेपोखरीमाआज(शुक्रबार) योजना कार्यान्वयन गराउनको लागि स्थलगत अनुगमन गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्रालयबाट २ करोड ८० लाख बजेट ब्यवस्थापन भएपछी योजना कार्यन्वयन गर्न गराउनको लागि थुलुङ दुधकोशी गाउँपालिकाप्रमुख असिम राई,वडा नम्बर ५ का अध्यक्ष प्रेमकुमार राई,थुलुङ दुधकोशी गाउँपालिका ९ का कार्यबाहक वडा अध्यक्ष उत्तरकुबिर राइ,हिमालय माबिका प्रधानाध्यापक बलबहादुर राई,जनसेवा माबिका प्रधानाध्यापक गोकुल बहादुर खुलाल,जनता माबिका प्रधानाध्यापक हस्तबहादुर राई लगायत स्थानीय,बुद्धिजीवी तथा सरोकारवालाहरुको उल्लेखनीय उपस्थितिमा अनुगमन गरिएको वडा नम्बर ५ का अध्यक्ष प्रेमकुमार राइले बताउनुभयो ।

अनुगमनपछि कुरा गर्दै आवश्यकता अनुसार उपभोक्ता समिति वा टेन्डर दुबै तरिकाबाट काम सुरु गर्न सकिने गाउँपालिका अध्यक्ष असिम राइले बताउनुभयो । स्थानीय क्षेत्रमा रहेको पोखरीमा सो बजेट परेपछि आर्थिक रूपमा टेवा पुग्ने स्थानीयले आशा राखेका छ्न ।

प्रतिक्रिया दिनुहोस्