प्रजातन्त्र दिवसमा नेपाली कांग्रेस (बीपी) को जलपान



काठमाडौं, ७ फाल्गुन ।७१ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली काँग्रेस (वीपी) केन्द्रिय समितिले आफ्नो केन्द्रिय कार्यालय गोंगबु आवासीय क्षेत्र सामाखुसी काठमाडौंमा जलपान गरि मनाएको छ ।

सो जलपानमा विवेकशिल साझाका केन्द्रिय सचिवालय समिति सदस्य तथा संचार विभाग प्रमुख प्रकाशचन्द्र परियार, नेकपा (माले) का पोलिटब्यरो सदस्य कुमार श्रेष्ठ, नेपाल लोकतान्त्रिक पार्टीका कोषध्यक्ष ज्ञानेन्द्र निमा थोकर, नेपाल नागरिक अभियानका संयोजक डाक्टर ठाकुर मोहन श्रेष्ठले, नेपाल प्रजा परिषदका अध्यक्ष विनोद प्रसाद आचार्य, नेकपा सर्वहारा माओवादीका भावना बिद्रोहि, अभियान्ता मानव सेवक, पुनस्र्त्थान शक्ति नेपालका शेखरजंग रायमाझी, रामराज्य परिषदका अध्यक्ष जगत बहादुर थापा, रामराज्य परिषदका उप-अध्यक्ष पण्डित तिलक प्रसाद रिजाल, सन्तोष राजावादी लगाएत राजनैतिक दल, नागरिक अभियन्ता, नागरिक समाजहरुको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्