प्रशान्ती एकेडेमी कपनको भ्रमण सप्ताह सुरु



काठमाडौं, २७ माघ ।प्रशान्ति एकेडेमी बुढानिलकण्ठ नगरपालिका १२ कपनले विद्यार्थी र अभिभावकलाई लक्षित गरि ‘भ्रमण सप्ताह कार्यक्रम २०७७’ को सुरुवात गरेको छ।

लामो समयको कोरोना महामारीपछि को समयलाई पुनर्ताजगी गराउन विधालयले सोमबारदेखि आउँदो बिहिवारसम्म विविध खालका प्रदर्शनी अायोजना गरेको हो।

प्रदर्शनी अवलोकन गर्नका लागि उल्लेख्य संख्यामा अभिभावक हरु पनि उपस्थित भएर विद्यालयको साथै विद्यार्थी भाइ बहिनीहरु लाई हौसला बढाउनु भएको थियो ।
अतिथिहरुले पनि विद्यार्थीहरुले राख्नु भएको प्रदर्शनीलाई अवलोकन गर्दै सबै विद्यार्थीहरुको कामको प्रशंसा गर्नुका साथै भएको थियो साथै आगामी दिनको उज्ज्वल भविष्यको कामना गर्नु भएको थियो ।
मंगलबार कक्षा ७ का विद्यार्थी भाइ बहिनीहरुले खेलकुद तथा संगीतका सामग्रीहरुको प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ भने बुधबार विज्ञान तथा प्रविधिको प्रदर्शनी र बिहीबार धर्म तथा चाडपर्वसम्बन्धी प्रदर्शनी हुने विद्यालयका प्रधानाध्यापक समीर बास्तोलाले जानकारी दिए।

त्यस्तै गरि अब विद्यलय आफ्नै जग्गामा नयाँ संरचना नयाँ खेल मैदानका साथ अब्बल रुपमा अगाडि बढ्नलाई अब आउने सरस्वती पूजाका दिन पुर्ण रुपमा निशुल्क भर्ना गर्दै विद्यालयलाई नयाँ गतिमा संचालन गर्ने कुरा सबै अभिभावकहरु, शुभेच्छुकहरु, विद्यार्थीहरु साथै सबै शुभ चिन्तकहरुलाई अवगत पनि गराएको छ।

प्रतिक्रिया दिनुहोस्