लोखिममा आयोजित खुल्ला भलिबल प्रतियोगिताको उपाधी तरुण दललाई



होमनाथ खत्री

सोलुखुम्बु, १६ माघ ।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ९ लोखिमस्थित फ्याफुल्ला सेवा समाजद्वारा आयोजित खुल्ला भलिबल प्रतियोगिताको उपाधी नेपाल तरुण दल थुलुङ दुधकोशी गाउँपालिकाले हात पारेको छ ।

बुधबारबाट सुरु भएको प्रतियोगितामा महेश्वरीलाई पछि पार्दै तरुण दलले सो उपाधी हात पारेको हो । शुक्रबार सम्पन्न फाइनल खेलमा ऐसेलुखर्क गाउँपालिका ५ महेश्वरिका खेलाडीहरुले उपबिजेतामा चित्त बुझाउनुपरेको छ।

प्रथम,दित्तीय र तृतीय हुनेलाई क्रमश: पचास हजार,तीस हजार र बीस हजार रुपैयाँका साथमा सिल,मेडल र प्रमाण—पत्र पुरस्कारको ब्यबस्था गरिएको सो प्रतियोगितामा तेस्रो स्थान थुलुङ दुधकोशी गाउँपालिका ९ A ले हांसिल गरेको खेल समितिका सहसंयोजक बिश्वराज तामाङले जानकारी दिनुभयो। पुरस्कृत सम्पुर्ण खेलाडीलाई वडा नम्बर ९ का वडाध्यक्ष भुपालसिंह राइले पुरस्कार प्रदान गर्नुभएको छ ।

यस्तै ५० हजार राशीको सोम्याच प्रतियोगिताको उपाधि नेपाल तरुणदलले हात परेको छ ।
जोर बौद्ध समाज अघिल्लो खेलमा विवाद उपन्न हुदा टिमले नै खेलमा सहभागिता जनाउन नपाएपछि सो म्याचको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्