बेलायतमा पत्ता लागेको नयाँ रुपको कोरोना भाइरसबाट बच्न भारतमा कर्फ्यु !

काठमाडौं,९ पुस।कर्नाटक सरकारले रात्रीकालीन कर्फ्यू लगाएको छ। राती १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको हो।

मुख्यमन्त्री बिएस यदियुरप्पाले रात्रीकालीन समयमा कर्फ्यू जारी भएकाे बताए। कर्नाटकका स्वास्थ्यमन्त्री डा के सुधाकरले बेलायतमा पत्ता लागेको नयाँ रूपको काेराेना भाइरसबाट बच्न र नियन्त्रणका लागि यस्ताे कर्फ्यू लागू गरिएकाे बताए।
भारतबाहेकका देशबाट आएका यात्रूहरूकाे निगरानी गरिरहेकाे पनि उनले बताए। २३ डिसेम्बरदेखि २ जनवरीसम्म राज्यमा कुनै पनि कार्यक्रम आयाेजना र तिहार रात बजेपछि मनाउन नपाइने भनिएकाे छ।
स्वास्थ्यमन्त्रीले याे नियम सबै प्रकारका कार्यक्रमका लागि लागू हुनेसमेत बताए।

