आफ्नै आमाले देहब्यापारका लागि बाध्य पारेको भन्दै एक युवती प्रहरी कार्यालयमा



एजेन्सी ।आफ्नै आमामाथि गम्भीर आरोप लगाउँदै एक युवती प्रहरी कार्यालय पुगेकी छिन् । आफ्नी आमाले २ वर्षअघिदेखि देश व्यापारका लागि आफूलाई बाध्य पारेको ती युवतीले बताएकी छिन् ।

भारतको राजस्थानस्थित बाडमेर जिल्लामा यस्तो घटना भएको हो । बाडमेरको नागाणा पुलिस कार्यालयमा एक विवाहित युवतीले प्रहरीसामु यस्तो बताएकी हुन् । उनले आमाको कारण आफ्नो जीवन समेत खतरामा रहेको बताएकी छिन् । २ महिना अघि ती युवतीले एक युवकसँग विवाह गरेकी थिइन् । विवाहपछि पनि आमाले आफ्नो पिछा गरिरहेको उनले बताएकी छिन् । प्रहरीका अनुसार, यो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्