३० कृषकलाई नि:शुल्क तरकारीको बीउ बितरण



सुरेश कुमार पांण्डेय
कपिलबस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ६ ले वडा भित्रका ३० कृषकहरुलाई नि:शुल्क ७ किसिमका तरकारीको बीउ वितरण गरेको छ । वडा क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउन ३ दिने कृषि सम्बन्धी तालिम कार्यक्रम आयोजना गरी कृषकहरुलाई स्वरोजगार बनाउन प्रेरित गर्दै बिभिन्न बिउ बिजन बितरण गरिएको वडाले जनाएको छ । बिभिन्न मौसमि तथा बेमौसमी र यो सिजनमा हुने तरकारीका बिउ बितरण गरिएको गाउँपालिकाका कृषिशाखा प्रमुख राजेश चौधरीले जानकारी गराउनु दिनुभयो।।
निर्वाहमुखी कृषि खेति गर्दै आइरहेका कृषकहरुलाई व्यवसायिक बनाउने उद्देश्यले कृषि सम्बन्धी तालिम कार्यक्रम गरी बीउ वितरण गरिएको वडाध्यक्ष बिजय बहादुर यादव बताउनुभएको छ । वडामै कृषि उत्पादनका लागि विउ विजन पाउन थालेपछि कृषकहरु उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्