दैलेखमा एक ब्यक्तिले गरे परिवारका चारजना माथि बञ्चरो प्रहार, छोरा र छोरीको मृत्यु,श्रीमती र अर्को छोरा घाइते



काठमाडौं,५ मंसिर । दैलेखमा बुवाको बञ्चरो प्रहारबाट घाइते एक छोरा र छोरीको मृत्यु भएको छ।

जिल्लाको चामुन्डा बिन्दासैन नगरपालिका–३ पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरको बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिस्मा सलामीलाई नगर अस्पताल दुल्लुले मृत घोषणा गरेको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी श्रवणकुमार विकका अनुसार नगर अस्पतालका स्वास्थ्यकर्मीले चेकजाँचपछि बिहान ११ बजेपछि दुबै जनालाई मृत घोषणा गरेका थिए।

अम्बरको बञ्चरो प्रहारबाट उनकी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर र ६ वर्षीय छोरा मिलन सलामी पनि गम्भीर घाइते छन्। उनीहरू दुबैलाई टाउकोमा गम्भीर घाउ खत रहेको छ।

प्रतिक्रिया दिनुहोस्