एमालेको राष्ट्रिय कार्यकर्ता भेला स्थानीय तह निर्बाचन केन्द्रित हुने



काठमाडौं,१ मंसिर । नेकपा एमालेले आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई आगामी स्थानीय निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको छ। मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रिय कार्यकर्ता भेलालाई चुनावी रणनीति र पार्टी परिचालनमा केन्द्रित गर्ने निर्णय गरेको हो।

बैठकपछि जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले आगामी स्थानीय निर्वाचनमा पार्टी पंक्तिलाई कसरी परिचालन गर्ने भन्ने विषय भेलाको मुख्य प्राथमिकता रहने बताएका छन्।

भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता विद्यादेवी भण्डारीले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष ओलीको प्रतिवेदनमा राष्ट्रिय राजनीतिक अवस्था, पार्टीको भावी कार्यदिशा तथा आगामी दिनमा एमालेले अघि बढाउनुपर्ने कामहरू समेटिने बताइएको छ।

त्यस्तै, वरिष्ठ नेता भण्डारीले मुलुकको समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्यभारसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछिन्।

पार्टीभित्र नेतृत्व हस्तान्तरण र रूपान्तरणको विषयमा बहस भइरहेका बेला एमालेले राष्ट्रिय कार्यकर्ता भेलालाई भने तत्काल चुनावी तयारी र संगठन परिचालनमा केन्द्रित गर्न खोजेको देखिन्छ।एमालेको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु हुँदैछ।

यसैबीच, मनोनित केन्द्रीय सदस्यहरू नरेन्द्र भट्टराई, सीता अधिकरी र पोल्देन छोपाङ गुरुङले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रतिक्रिया दिनुहोस्