सरकारी उदासिनताले जनताको स्वास्थ्य जोखिममा परेको देउवाको आरोप



काठमाडौं, १० कार्तिक ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दसैंकाे शुभकामना व्यक्त गर्दैसरकारी उदासीनताले जनताको स्वास्थ्य जोखिममा पुगेको आरोप लगाएका छन् ।

‘नियन्त्रणमा पर्याप्त समय हुँदाहुँदै पनि सरकार पुरै असफल भएको छ । आम जनताको स्वास्थ्य खतरामा परेको छ, अर्थतन्त्र धराशायी भएको छ ।’ उनले भनेका छन्, ‘जनताको जीवन अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको छ। सरकार जनताका प्रति संवेदनहीन, गैरजिम्मेवार, अनुत्तरदायी र कर्तव्य विमुख देखिएको छ ।’

देशमा सरकारको उपस्थिति नै नरहेको आभाष भएको उल्लेख गर्दै देउवाले व्यक्ति नै सतर्क भई पर्व मनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्