राष्ट्रिय कम्युनिष्ट पार्टीका महासचिव अरुण घिसिङलाई मातृशोक



काठमाडौं,१६ कात्तिक । राष्ट्रिय कम्युनिष्ट पार्टीका महासचिव, चलचित्र निर्देशक तथा निर्माता एवं तामाङ फाउण्डेशन नेपालका अध्यक्ष अरुण घिसिङलाई मातृशोक परेको छ। उहाँकी आमा ठुली दोङ तामाङको ८० वर्षको उमेरमा निधन भएको हो।

काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका निवासी ठुली तामाङको निधनप्रति राष्ट्रिय कम्युनिष्ट पार्टीले दुःख व्यक्त गरेको छ।

पार्टीका प्रवक्ता प्रकाश हमालद्वारा जारी शोक विज्ञप्तिमा ठुली तामाङको निधनले पार्टीका महासचिव घिसिङसहित परिवारजन, आफन्त तथा शुभेच्छुकहरूलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ।

पार्टीले दिवंगत तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै महासचिव घिसिङलगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, शोकको यस घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् र दिवंगत आत्माको चिरशान्ति कायम होस् भन्ने कामना गरेको छ।

प्रतिक्रिया दिनुहोस्