जीवनबहादुर शाही पिछडिएको क्षेत्रतर्फ कांग्रेस सहमहामन्त्री निर्बाचित
काठमाडौं,२७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री पदमा जीवनबहादुर शाही निर्वाचित भएका छन् ।

मतगणनामा शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई पछि पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६ मत पाउँदा राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत प्राप्त गरेका छन् ।
निर्वाचन समितिले मतगणना सम्पन्न गरिसकेको भए पनि परिणामको औपचारिक घोषणा भने गर्न बाँकी रहेको छ ।
शाही यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बनेका थिए । त्यतिबेला भने उनी पराजित भएका थिए ।


