एमाले केन्द्रीय कमिटीमा थपिए १३ सदस्य
काठमाडौं,२४ असोज । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको छ ।

बैठकबाट शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोक्का, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसी केन्द्रीय कमिटीमा मनोनीत भएकाे सचिव महेश बस्नेतले जानकारी दिए ।
बैठकका बाँकी एजेन्डा उपयुक्त समयमा अध्यक्ष ओलीले बैठक बोलाएर टुंग्याउने निर्णयसमेत भएको जनाइएको छ ।


