सेवाबाट हटाईए सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशी राज दाहाल



काठमाडौं,२३ असोज । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशी राज दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको छ।

मन्त्रालयका अनुसार आचरणसम्बन्धी विषय बारम्बार उल्लङ्घन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मान, प्रतिष्ठा र छविमा आँच पुर्‍याउने कार्य गरेको कसुरमा दाहालमाथि विभागीय कारबाही गरिएको हो।

मन्त्रालयले असोज २३ गतेदेखि लागू हुने गरी उनलाई सशस्त्र प्रहरी सेवाबाट हटाइएको जानकारी दिएको छ। गृह मन्त्रालयले भनेको छ- ‘ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा मिति २०८३/६/२३ गतेबाट लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारवाही गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

प्रतिक्रिया दिनुहोस्