अभिनयमा अब्बल बन्दै अनिशा
काठमाडौं,१६ असोज । कला क्षेत्रमा स्थापित हुदै गरेको नाम हो -अनिशा न्यौपाने । ताप्लेजुङ, देउलिङ्गेकी स्थानीय वासिन्दा न्यौपाने झापा, बिर्तामोडमा बसेर आफ्नो उज्ज्वल भविष्य निर्माणका लागि अध्यायन र कलाकारिताको क्षेत्रमा संघर्ष गरिरहेकी छन् ।सानै उमेरदेखि मोडल बन्ने सपना बोकेकी उनले यो क्षेत्रमा बिस्तारै आफ्नो परिचय बनाउदैछिन् ।

श्रीकृष्ण लुईटेल ‘बोकेदाह्री’ को ‘गारो छ हौ मलाई’ गीतको भिडियोबाट चर्चामा आएका अनिशाले लोकप्रिय गायक राजेश पायल राईको स्वर रहेको जाँउ कान्छि जाँउ, गायक दिपक लिम्बुको तिमिसंग बोले पछि, घुम्ती बाटो मोडमै भेट भयो लगायकका गीतको म्युजिक भिडियोमा आफ्नो अभिनय क्षमता दर्शक सामु पस्किसकेका अनिशा न्योपाने मुकुद इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुने र जानकी पन्त ‘जोन’ को निर्माण तथा निर्देशन रहने ‘मुन्नु’मा अभिनय गर्दैछन् ।
मोडलिङलाई माध्यम बनाएर विस्तारै भविष्यमा फिचर्स फिल्मसम्मको गोरेटो कोर्दै गरेकी कुशल मोडल, अभिनेत्री अनिशा न्यौपाने आशा लाग्दो प्रतिभाशाली कलाकार पनि हुन् ।




