कलिउड देखि अन्सारीको कला यात्रा बलिउडसम्म




काठमाडौं,१४ असोज। पछिल्लो समय टिकटकमा हेन्सम मामाको नामले चर्चामा रहेका गोरखाका सागर अन्सारी भोजपुरी चलचित्र हुँदै बलिउड फिल्मी उद्योगमा प्रवेश गर्दैछन् ।

मोफलमा रहेर पनि सिरियलहरु निर्माण र अभिनय गर्दै आइरहेका उनको ५० भागको ‘आयो २१ तोप’ सिरियन निर्माणधिन अवस्थामा रहेको छ । सिरियलको निर्माता अनिता कुमाल अन्सारी ‘सलमा’ हुन् भने निर्देशन लक्ष्मण नेपालले गर्ने भएका छन् ।

कलाकार अन्सारीले कालापानी, ग्याङ लिडर, यति धेरै मायाँ, यस्तो पनि हुन्छ र मायाँ, तिम्रो मेरो प्रेम कहानी लगायतका चलचित्रमा खलपात्रको रुपमा काम गरिसकेका छन् । नेपाली सिने क्षेत्रमा खुँखार खलपात्रको रुपमा आफुलाई स्थापित गराउँने ठूलो सपना बोकेर यस क्षेत्रमा लागेका सागर अन्सारी अभिनित पछिल्लो चलचित्र ‘काले’ भने प्रदर्शनमा आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्