दिलको नयाँ गीत ‘नक्कली मोरी २’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं, ६ असोज । गायक दिल ब्लोनले आफ्नो नयाँ गीत ‘नक्कली मोरी २’को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीत युवा पुस्ताप्रति लक्षित गरेर रोमान्टिक भावमा तयार पारिएको दिलले बताएका छन् ।

विगतका गीत झंै यो गीतको रचना र संगीत पनि दिल आफैंले गरेका हुन् । एक दशक अघि गायनमा निकै सक्रिय दिल केही वर्षको विश्रामपछि गायनमा पुनः फर्किएका हुन् । अब गायनलाई निरन्तता दिने उनले बताएका छन् ।
यो गीतको भिडियोमा दिल ब्लोन आफैंले मोडलिङ गरेका छन् ।

गत वर्ष दिलले सार्वजनिक रहेको ‘लक्कली मोरी’ गीतमा उनलाई मोडल उषा उप्रेतीले साथ दिएकी थिइन भने क्रान्ति केसीको सम्पादन तथा निर्देशन रहेको थियो ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्