१५ औं महाधिवेशन अघि नै कांग्रेस एकढिक्का भएर जानेमा म आशावादी छु : सांसद कार्की
काठमाडौं,३० भदौ । नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले बिधि-बिधान अनुसार नै बिशेष महाधिवेशन भएकाले पछिल्लो समय उत्पन्न परिष्थितिकै कारण पार्टी बिभाजन होला भन्ने आफुलाई नलागेको बताएका छन् ।

एक टेलिभिजन च्यानलसंगको सम्बादका क्रममा सांसद कार्कीले पार्टी निर्माणमा जीवन समर्पण गरेका शीर्ष नेताहरु रहेका कारण पनि कांग्रेस बिभाजन हुन्छ भन्ने आफुलाई नलागेको बताएका हुन । कांग्रेस विभाजनको पक्षमा इतर पक्षका नेताहरू समेत नरहेको आफ्नो बुझाइ रहेको कार्कीले बताए।
संस्थापन र इतर पक्षले १५ औं महाधिवेशनको फरकफरक कार्यतालिका सार्बजनिक गरे पनि कुनै न कुनै बिन्दुमा नेताहरुबीच समझदारी हुनेमा आफू बिश्वस्त रहेको उनले बताए। ठुलो सैद्धान्तिक मतभेद नरहेका कारण आपसी समझदारीबाट समस्याको समाधान गर्न सकिने उनको भनाइ छ।
संस्थापन पक्षले सबैलाई समेटेर अघि बढ्नकै लागि बिशेष महाधिवेशनमा सहभागी नभएका नेताहरुलाई पनि केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको छ । ‘इतर पक्षीय नेताहरुले पनि पार्टी फुट्नुपर्छ,फुटाउँछौ भन्नुभएको छैन’उनले भने-‘शीर्ष नेताहरूबीच कुनै न कुनै विषयमा सहमति कायम भएर कांग्रेस एकढिक्का भई अघि बढ्ने कुरामा म पूर्ण आशावादी छु।
मतभिन्नतालाई स्वाभाविक रूपमा लिएर संवाद र सहमतिबाट समाधान खोज्ने प्रयासमा दुबै पक्ष रहेका कारण पार्टी मिल्नका लागि लामो समय नचाहिने उनले बताए। पार्टी फुट्न या जुट्नका लागि एक घण्टा समय काफी हुन्छ । त्यसैले शीर्ष नेताहरूबीच केही न केही कुरामा महाधिवेशन अघि नै समझदारी हुनेमा म बिश्वस्त छु- उनले भने । file foto




