कपिलवस्तुमा चालु आर्थिक बर्षमा लागुऔषधसम्बन्धी ११ मुद्दा दर्ता,१९ जना पक्राउ
कपिलवस्तु,२२ भदौ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २१ गतेसम्म लागुऔषधसम्बन्धी ११ मुद्दा दर्ता गर्दै १९ जनालाई पक्राउ गरेको छ।

सीमा नाकाबाट पैदल हिँडेर तथा शरीरमा लागुऔषध बाँधेर ओसारपसार गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा १३ पुरुष र छ महिला नेपाली नागरिक छन्।
प्रहरीले उक्त अवधिमा गाँजा, चरेस, हेरोइन, अफिम र नाइट्राभेट बरामद गरेको छ। बरामद लागुऔषधमा गाँजा १३० ग्राम, चरेस पाँच किलो २२५ ग्राम, हेरोइन तीन ग्राम १५० मिलिग्राम र अफिम १० किलो ३६४ ग्राम रहेका छन्। यस्तै, नाइट्राभेट १० थानसमेत बरामद गरिएको छ।

