शेर्पा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित
काठमाडौं,२१ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य पदमा मनोनित भएका छन्।

कांग्रेस सभापति गगनकुमार थापाले शेर्पासहित १४ जनालाई आज केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन्। कार्यसम्पादन समिति सदस्यमा मनोनीत हुनेहरूमा महेन्द्र यादव, जीवन परियार, रमेश रिजाल, सुजाता कोइराला,दिलेन्द्र वडु,डा.चन्द्र भण्डारी,अजय चौराशिया, लक्ष्मी परियार, दिनेश यादव, राजीव कोइराला,राजीव ढुंगाना,डा.गोविन्द पोखरेल र अनिल झा पनि चयन भएका छन्।
शेर्पाले नेपाली कांग्रेसको संगठन विस्तार,पार्टीभित्रको एकता र नेतृत्वबीच समन्वय कायम गर्न निरन्तर भूमिका खेल्दै आएका छन्। पछिल्लो समय पनि उनले पार्टीभित्रका तिक्तता र असमझदारीलाई बिर्सेर एकताबद्ध ढंगले अगाडि बढ्नुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका थिए।

