रसुवा बाढी : उद्धार कार्यका लागि नेपाली सेनाका ७ र निजी क्षेत्रका ८ वटा हेलिकप्टर परिचालित



काठमाडौं,१० भदौ । रसुवामा आएको बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। उद्धार कार्यका लागि नेपाली सेनाका ७ र निजी क्षेत्रका ८ वटा हेलिकप्टर प्रयोग भइरहेको जनाइएको छ।

हालसम्म नेपाली सेना र निजी क्षेत्रका हवाई साधनमार्फत ११४ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका घाइतेहरूको आपत्कालीन उपचारका लागि वीरेन्द्र अस्पतालबाट खटिएको मेडिकल टिमले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा सेवा प्रदान गरिरहेको छ।

साथै, विपद् व्यवस्थापनका लागि प्रयोग हुने अत्याधुनिक फिल्ड अस्पतालको सेट, आवश्यक मेडिकल सामग्री, औषधि तथा उपकरणहरू त्रिशूलीतर्फ पठाउने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्