प्रधान न्यायाधीश डा.मनोजकुमार शर्मा भारत प्रस्थान
काठमाडौँ,७ साउन । प्रधान न्यायाधीश डा.मनोजकुमार शर्मा भारत प्रस्थान गरेका छन्। भारतका प्रधान न्यायाधीश सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा शर्मा बिहीबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए।

भ्रमणको अवधिमा शर्माले भारतको सर्वोच्च अदालतको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ।
साउन ११ गते उनी स्वदेश फर्कनेछन् । उक्त भ्रमण दलमा प्रधान न्यायाधीश शर्माकी धर्मपत्नी उमा शर्मा र सह रजिष्ट्रार अमित उप्रेती सहभागी छन्।

