तीन महिनाको अवधिमा ७ हजार २ सय ५१ जना फरार प्रतविादीहरू पक्राउ
काठमाडौं,७ साउन । नेपाल प्रहरीले गत वैशाख १ गते देखी असार मसान्त सम्म देशभरबाट बिभिन्न मुद्दाका ७ हजार २ सय ५१ जना फरार प्रतिबादीहरूलाई पक्राउ गरेको छ ।

जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट ४८ जना,काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट १ हजार २ सय ३२ जना,कोशी प्रदेशबाट ९ सय ६० जना, मधेश प्रदेशबाट २ हजार १ सय १७ जना,बागमती प्रदेशबाट ७ सय ६० जना, गण्डकी प्रदेशबाट ४ सय ५२ जना, लुम्बिनी प्रदेशबाट १ हजार १ सय ८१ जना, कर्णाली प्रदेशबाट १ सय ८७ जना र सुदूरपश्चिम प्रदेशबाट ३ सय १४ जना पक्राउ परेका हुन् । उक्त अवधिमा पक्राउ परेका प्रतिबादीरूलाई तोकिएको २ हजार ९ सय ३६ वर्ष ४ महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ । साथै उनीहरूबाट ७२ करोड ४७ लाख १२ हजार ४३ रुपैयाँ जरिवाना असुल उपर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आम नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्दै आइरहेको परिप्रेक्षमा फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमकितामा राखी कार्य रिरिहेको छ । कर्तव्य ज्यान,लागूऔषध,जबरजस्ती करणी, बैंकङि कसुर, ठगी लगायतका वभिन्नि मुद्दामा फैसला ठहरभई फरार रहेका छन् ।
T
प्रतिबादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले बिशेष अभियान संचालन गरी कार्य गर्दै आइरहेको प्रहरीको भनाइ छ ।

