मल्ल के सुन्दरद्वारा लिखित नेपालभाषाकाे बहु चर्चित उपन्यास ‘सेप्टेम्बर १७ ‘ काे अंग्रेजी संस्करण सार्बजनिक
काठमाडौं,४ साउन । वरिष्ठ आख्यानकार नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले लेख्नु भएको नेपालभाषाकाे बहु चर्चित उपन्यास ‘सेप्टेम्बर १७ ‘ काे अंग्रेजी संस्करण शनिबार सार्वजनिक गरिएको छ । काठमाडौ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले उक्त अंग्रेजी संस्करण सार्वजनिक गर्नु भएको हाे ।

बत्तीसपुतलीकाे द्वारिकामा शनिबार सम्पन्न विमाेचन कार्यक्रममा का मेयर डंगोलले मल्ल के सुन्दर बहु आयामिक व्यक्तित्व हुनुहुन्छ भन्नु हुँदै मल्ल काे आख्यानकारिताकाे प्रशंसा गर्नु भयो । नेपालमा साहित्यिक कृति अंग्रेजीमा अनुवाद गर्ने काम नगन्य मात्रै भएको भन्दै नेपालभाषाकाे साहित्य यसरी अंग्रेजी भाषामा अनुवाद हुनु भनेको ऐतिहासिक घटना हाे भनि कार्यवाहक मेयर डंगोलले भन्नु भयो ।
अंग्रेजी संस्करणका अनुवादक डा. ज्याेति प्रभा तुलाधर हुनुहुन्छ भने प्रकाशक आदर्श ईन्टरप्राइजेज हाे । प्रकाशककाे तर्फबाट निर्मल कुमार कर्णले स्वागत मन्तव्य राख्नु भएको साे कार्यक्रममा प्राे डा अभि सुवेदी, समालोचक एवं नेपालभाषा एकेडेमीया भाइस चान्सलर डा पुष्पराज राजकणिर्कार लगायत हाल पाेर्चुगलमा रहनु हुने अनुवादक डा ज्याेति तुलाधरले भिडियो मार्फत मन्तव्य राख्नु भएको थियोे ।
अनुवादक डा.तुलाधरले उपन्यासकाे विषय वस्तुले आफसलाई आकर्षित पारेको बताउनु भयो भने समालोचक डा सुबेदीले उपन्यासकाे प्रस्तुतिकाे शैलीले प्रभाव पारेको बताउनु भयो । यस्तै गरि समालोचक डा राजकणिर्कारले मल्ल के सुन्दरकाे बहु आयामिक लेखन शैलीकाे प्रशंसा गर्नु भयो ।

