जावलाखेलको एनोभा स्किन एण्ड हेयर क्लिनिकमा अत्याधुनिक तरिकाबाट कपाल प्रत्यारोपण सेवा प्रारम्भ
ललितपुर,१६ असार । जावलाखेलमा रहेको अनोभा स्किन एण्ड हेयर क्लिनिकले कपाल प्रत्यारोपण प्रविधिको अत्याधुनिक डिभाइस ट्रिभेलिनी माम्बा Trivellini Mambaनेपालमा भित्र्याएको छ । ललितपुरमा आयोजित एक विशेष समारोहमा वरिष्ठ छाला रोग विशेषज्ञ डा.स्मृति श्रेष्ठ, मिस नेपाल अर्थ डा.सरिसा श्रेष्ठ, सोसल मिडिया इन्फ्ल्यूएन्सर करिष्मा श्रेष्ठ, सुजाता श्रेष्ठ मान्सी तामाङ, मिस्टर फुडी तथा क्रिकेटर ललित राजवंशी लगायतले उक्त डिभाइस अनावरण गरेका हुन् ।

उक्त डिभाइस अनावरण गर्दै क्लिनिकका सञ्चालिका डा.श्रेष्ठले यो आधुनिक प्रविधि कपाल प्रत्यारोपण प्रक्रियालाई अझ सटीक, प्रभावकारी र सहज बनाउन विकसित गरिएको बताउँदै यसले प्रत्यारोपणका क्रममा चिकित्सकलाई बढी नियन्त्रण तथा शुद्धताका साथ काम गर्न सहयोग पुर्याउने दावी गरेकी छिन् । क्लिनिकले यो प्रविधिबाट बिरामीलाई उच्च गुणस्तरको उपचार अनुभव प्रदान गर्ने तथा कपाल पुनर्स्थापनालाई थप परिष्कृत र आधुनिक बनाउने लक्ष्य राखेको जनाएको छ ।
नेपालमा पहिलोपटक भित्रिएको अत्याधुनिक Trivellini Mamba प्रविधिमा आधारित हेयर ट्रान्सप्लान्ट उपकरणको प्रयोगसँगै कपाल प्रत्यारोपण (FUE Hair Transplant) प्रविधिमा आधारित हेयर ट्रान्सप्लान्ट उपकरणको प्रयोगसँगै कपाल प्रत्यारोपण सेवालाई अझ सटीक, सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
डा.श्रेष्ठका अनुसार चिकित्सकहरूका अनुसार ट्रिभेलिनी माम्बा प्रणालीले कपालका फोलिकल (ग्राफ्ट) निकाल्ने प्रक्रियामा उच्च नियन्त्रण, कम क्षति र राम्रो गुणस्तर कायम गर्न सहयोग पुर्याउँछ । यसमा विभिन्न गति र मोड समायोजन गर्न सकिने भएकाले बिरामीको कपाल र छालाको अवस्थाअनुसार प्रक्रिया सञ्चालन गर्न सकिन्छ ।
यो प्रविधि विश्वका विभिन्न हेयर रिस्टोरेशन केन्द्रहरूमा प्रयोग हुँदै आएको आधुनिक FUE प्रणालीमध्ये एक मानिन्छ । यसको प्रयोगले उपचार प्रक्रियालाई अझ सहज बनाउनुका साथै प्राकृतिक देखिने नतिजा प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
डा.श्रेष्ठका अनुसार नेपालमा पहिलोपटक यो उपकरण भित्र्याएर अन्तर्राष्ट्रियस्तरको हेयर ट्रान्सप्लान्ट सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । कपाल झर्ने समस्याबाट पीडित सेवाग्राहीले अब अत्याधुनिक प्रविधिमार्फत उपचारको सुविधा नेपालमै प्राप्त गर्न सक्ने क्लिनिकको दावी छ ।
नवीन प्रविधि र गुणस्तरीय सेवाप्रति आफ्नो प्रतिवद्धताअनुसार नेपालमा विश्वस्तरीय कपाल प्रत्यारोपण समाधान ल्याइएको क्लिनिकको भनाइ छ । एनोभा स्किन एण्ड हेयर क्लिनिक जावलाखेलस्थित ज्वाला भवनको तेस्रो तलामा रहेको छ । क्लिनिकले इच्छुक सेवाग्राहीलाई परामर्शका लागि सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
उक्त डिभाइस अनावरण समारोहमा एनोभा स्किन एण्ड हेयर क्लिनिककी प्रमुख डा.श्रेष्ठ, प्रमुख अतिथिको रुपमा सहभागि भएका भारतका वरिष्ठ छाला रोग विशेष डा. असीम शर्मा तथा धुलिखेल अस्पताल (काठमाडौं विश्वविद्यालय अस्पताल) छाला रोग (डर्माटोलोजी) विभाग प्रमुख डा.मनिषा सिंहबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा नेपालका हावापनी, वातावरण प्रदुषण आदिका कारण छाला तथा कपालको स्वास्थ्यमा परिरहेको प्रभाव, त्यसको रोकथाम तथा सार्वजनिक भएको डिजाइसको सकारात्क पक्षका बारेमा चर्चा भएको थियो ।

