वर्ल्ड काता एसाेसिएशन नेपालकाे अध्यक्षमा बिजय कुमार बस्नेत
काठमाडौं,१५ जेठ । वर्ल्ड काता एसोसिएशन नेपालले नेपालको कराते छाता संगठन नेपाल कराते महासंघको सदस्यता प्राप्त गर्दै सम्बन्धन प्राप्त गरेको छ । विश्वका थुप्रै देशहरुमा सञ्चालन भइरहेको मार्शल आर्टको विभिन्न आत्मरक्षाका कलाहरु समेटिएको वर्ल्ड काता संघको नेपाल शाखाको अध्यक्ष एवं संयोजक बिजय कुमार बस्नेतलाई तोकिएको थियो ।

नेपालमा अध्यक्ष बस्नेतको अध्यक्षतामा केन्द्रीय कार्य समिति तथा प्रदेश प्रमुखहरुको अनुमोदन समेत भएको छ । जसअनुसार उपाध्यक्षमा चित्रबहादुर राना, बद्री कुमार खत्री, इमान सिंह बस्नेत, महासचिवमा पुष्पराज गिरी, कोषध्यक्षमा विपना राई चयन हुनुभएको छ । केन्द्रीय सदस्यहरुमा मञ्जु गुरुङ न्यौपाने, उद्वव नेपाली, कामी सिंह घिसिङ, गणेश बहादुर तामाङ र प्रकाश कुँवर मनोनित हुनुभएको छ ।
यस्तै प्रदेश प्रमुखहरुमा जंगबहादुर पुरी कोशी प्रदेश, अर्जुन प्रसाद मैनाली मधेश प्रदेश, नवराज पोखरेल वागमति,अनुप बस्नेत गण्डकी, प्रेम कार्की लुम्बिनी, संसद बहादुर खत्री कर्णाली र रामहरि गिरी सुदुर पश्चिम नियुक्त हुनुभएको छ ।

