गायक सुवेदीले ल्याए ‘आधा नेपाली,आधा भोजपुरी’को म्युजिक भिडियो (भिडियो सहित )
काठमाडौं,११ जेठ । नेपाली तथा भोजपुरी भाषाको समिश्रणमा तयार गरिएको गायक श्याम प्रसाद सुवेदीको नयाँ गीत ‘आधा नेपाली आधा भोजपुरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतको शब्द, संगीत तथा स्वर स्वयं गायक श्याम प्रसाद सुबेदीकै रहेको छ भने संगीत संयोजन सन्तोष प्रगाढले गरेका छन् । तृष्णा फिलम्स् नेपालको प्रस्तुतिमा तयार गरिएको भिडियोमा निर्माणमा प्रकाश भट्ट र पार्वती सुबेदीले सहयोग गरेका छन् । व्यवस्थापन इन्द्र बस्यालले सम्हालेका छन् भने मेकअपमा ज्योति सोनाम रहेकी छन् ।
गीतको छायांकन बारा जिल्लाको कोल्बी बजार तथा आसपासका विभिन्न रमणीय स्थानहरूमा गरिएको छ । म्युजिक भिडियोको निर्देशन कृष्ण राजभण्डारी (एसक्यू) ले गरेका हुन् भने छायांकन केशव अधिकारी खत्रीले गरेका छन् । भिडियोमा मोडल अग्नि राना मगर र दिब्या बयलकोटीको आकर्षक अभिनय देख्न सकिन्छ ।
त्यसैगरी,भिडियो निर्माणको प्राविधिक पक्षमा चार्ली केसी, देवेन्द्र कार्की, डेनी लामा, सन्तोष पराजुली तथा आर यन ओस्तीको योगदान रहेको बताइएको छ । नेपाली र भोजपुरी संस्कृतिको मिठास समेटिएको यस गीतले दर्शक तथा स्रोतामाझ विशेष स्थान बनाउने विश्वास निर्माण टिमले लिएको छ ।
उक्त गीतको लोकार्पण कार्यक्रम भने सोमबार “सिन्की भान्छा घर”मा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथिका रूपमा निर्देशक बिमल पौडेल, अतिथिहरूमा पत्रकार शिव लम्साल, डीभी पराजुली र सर्जक विजेन्द्र नौबागे लगायत गीतसंगीत र कलाक्षेत्रमा बिशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले नेपाली तथा भोजपुरी भाषाको संयोजनले गीतलाई फरक स्वाद दिएको उल्लेख गर्दै सर्जक टिमलाई सफलताको शुभकामना व्यक्त गरेका थिए।

