शुभकामना आदान-प्रदानसंगै ढल तथा ग्राभेल बिस्तार



भक्तपुर,१ बैशाख । टिपुलिपाटी उत्तरपूर्व टोल सुधार उपभोक्ता समिति भक्तपुरको आयोजनामा नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदान–प्रदान तथा ढल निकास र ग्राभेल विस्तार कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा वडाका अध्यक्ष तथा विकासप्रेमी युवा नेतृत्व पुष्पराज बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

समितिका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित अतिथिहरूले शुभकामना व्यक्त गर्दै टोल विकासका लागि सामूहिक सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

अध्यक्ष खड्काले नयाँ वर्ष २०८३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दै विकास निर्माणका कामहरू समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमले स्थानीय स्तरमा एकता, सहकार्य र विकासप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको खड्काले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्